एक अर्ब लगानीमा आइजिआइ प्रुडेन्सियलको १२ तले केन्द्रीय कार्यालय काठमाडौँको पानीपोखरीमा

१४ फाल्गुन २०८२, बिहीबार ११:०९

काठमाडौँ । निर्जीवन बीमा क्षेत्रमा आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब लगानीमा १२ तले आफ्नो नयाँ भव्य केन्द्रीय कार्यालय भवन उद्घाटन गरेको छ । काठमाडौँको पानीपोखरीस्थित निर्माण सम्पन्न आधुनिक सुविधा सम्पन्न भवन बिहीबार एक विशेष कार्यक्रमबीच विधिवत रूपमा उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका संस्थापक चन्द्र ढकाल, कम्पनीका अध्यक्ष हेमराज ढकाल तथा प्राधिकरणका पूर्व अध्यक्ष फत्त बहादुर केसीले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।

पानीपोखरीस्थित उक्त भवन अत्याधुनिक संरचना, पर्याप्त पार्किङ सुविधा, ग्राहक मैत्री काउन्टर, डिजिटल प्रणाली तथा सुरक्षित कार्य वातावरणसहित निर्माण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको सो भवनमा आमा बनेकी कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर बच्चाहरुको लागि खेल्ने पार्क समेत बनाएको छ ।

निर्जीवन बीमा व्यवसायमा आफ्नो बजार हिस्सा विस्तार गर्दै आएको कम्पनीले शाखा सञ्जाल विस्तार, पुनर्बीमा व्यवस्थापन सुदृढीकरण तथा दाबी भुक्तानी प्रक्रियामा सुधारलाई प्राथमिकतामा राख्दै आएको छ । नयाँ भवन उद्घाटनसँगै कम्पनीले सेवा गुणस्तरमा थप सुधार ल्याउने र ग्राहक विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले नियमनकारी निकाय बीमा प्राधिकरण, स्टेक होल्डर तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*