काठमाडौँ विश्वका पाँचौं सबैभन्दा प्रदूषित सहर, वायु गुणस्तर ‘अत्यन्त अस्वस्थकर’ तहमा

१५ फाल्गुन २०८२, शुक्रबार १५:१२

काठमाडौँ । राजधानी काठमाडौँ शुक्रबार विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पाँचौं स्थानमा पुगेको छ। स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था आइक्यु एयरका अनुसार शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्युआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर स्तर हो।

विश्वका प्रमुख सहरहरूमा भियतनामको हनोई १६४, पाकिस्तानको लाहोर १६२, इन्डियाको कोलकत्ता र दिल्ली १६० अंकका साथ क्रमशः पहिलोदेखि चौथो स्थानमा छन्। वायु प्रदूषणको एक्युआई ०–५० सम्म राम्रो, २०१–३०० लाई वैजनी रङ (अत्यन्त अस्वस्थकर) र ३०० भन्दा माथि मरुन रङ (घातक) मानिन्छ। वैजनी तहमा खुलेमै शारीरिक गतिविधि नगर्न विशेषज्ञहरूले सुझाएका छन्।

विशेषज्ञहरूका अनुसार डिजेल इन्धनको सवारीसाधन, वन डढेलो, इँटा कारखाना, कृषि अवशेष जलाउने र फोहोर बाल्ने जस्ता क्रियाकलाप वायु प्रदूषणको मुख्य कारण हुन्। यसले श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मस्तिष्कघात जस्ता रोगहरूको जोखिम बढाएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*