गोरखाको अजिरकोटमा सामग्री बोकेको जिप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
१५ फाल्गुन २०८२, शुक्रबार १५:३१

काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–१ ताराखोला स्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
प्रहरीका अनुसार कालिका हाइड्रोपावरका लागि सामग्री ढुवानी गर्दै गएको बा २० च ८२१० नम्बरको जिप बिहीबार राति दुर्घटनामा परेको हो। उकालो तथा कच्ची सडकका कारण सन्तुलन गुमाउँदा जिप सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा परी जिप चालक बिदुर नगरपालिका–६ तलेखुका ४१ वर्षीय जैबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।












