दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन

१५ फाल्गुन २०८२, शुक्रबार १६:०८

काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो ।

कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*