पाल्पा सिमेन्टको आइपीओमा कति जनाको हुन्छ हात खाली ?
१५ फाल्गुन २०८२, शुक्रबार १७:५६

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.२८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले आवेदन दिएका छन् ।
अन्तिम दिनसम्म कम्पनीको आइपीओमा कुल २ अर्ब ८२ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६.२८ गुणा बढी आवेदन हो । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीले कुल ४५ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको शेयर १०–१० कित्ताका दरले बाँडफाँड गर्दा ४ लाख ५० हजार आवेदकले सेयर प्राप्त गर्नेछन् । यसर्थमा २० लाख ६५ हजार भन्दा बढी आवेदकको हात खाली हुने देखिन्छ ।












