इरानका सर्वाेच्च नेता खामेनी मारिए, बमबारी अझै जारी रहने ट्रम्पको भनाई

१७ फाल्गुन २०८२, आईतवार ०८:२८

काठमाडौं । अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा परी इरानका सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन्। इरानी सरकारी टेलिभिजनका एक प्रस्तोताले खामेनी मारिएको पुष्टि गर्दै इरानमा ४० दिनसम्म शोक मनाउने घोषणा गरेका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको राजधानी तेहरानमा गरिएको आक्रमणमा परी सर्वाेच्च नेता खामेनी मारिएको दाबी गरेका थिए। खामेनी मारिएको भए तापनि इरानमा आवश्यक परेसम्म सटीक बमबारी जारी रहने बताउँदै ट्रम्पले इरानी जनताका लागि उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको बताएका छन्।

इजरायल र अमेरिकाले गरेको हवाई हमलामा परी सर्वाेच्च नेता खामेनीका साथै उनकी छोरी, ज्वाईं, नातिनातिना र एकजना बुहारी पनि मारिएको बताइएको छ। आक्रमणमा परी इरानमा २०० जनाभन्दा बढीको ज्यान गएको जनाइएको छ। खामेनी सन् १९७९ को क्रान्तिपछि इनारनका दोस्रा सर्वाेच्च नेता हुन्। सन् १९८९ मा रुहोल्लाह खामेनीको मृत्यु भएपछि उनी इनारको सर्वाेच्च नेता बनेका हुन्।

अमेरिका र इजरायलले गरेको हमलाको जवाफमा इनारले मध्यपूर्वभरी आक्रमण गरेको छ। दुबई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य शिविरहरूमा इरानले मिसाइल हमला गरेको कारण मध्यपूर्वमा तनाव चुलिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*