फेरि पक्राउ परे दुर्गा प्रसाईं
१७ फाल्गुन २०८२, आईतवार ०८:४५

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज फेरि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आज बिहान उनको निजी निवासबाटै पक्राउ गरेको हो। उनलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा पक्राउ गरिएको बताइएको छ।
प्रसाईंलाई पछिल्लो समय प्रहरीले फागुन ४ गते पक्राउ गरेर हिरासतमा राखिरहेको अवस्थामा उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वाेच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै फागुन १३ गते रिहा भएका थिए।












