सोल्टी होटल, अपी पावर र भगवती हाइड्रोपावरको बोनस शेयर सूचीकृत

१९ फाल्गुन २०८२, मंगलवार ०७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता शेयर, अपी पावरको ५ प्रतिशत बोनस शेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको साधारणसभाले पारित गरेको बोनस शेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भएलगत्तै कम्पनीले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाउने गर्छ। डिम्याट खातामा बोनस शेयर प्राप्त भएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*