२५४ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१९ फाल्गुन २०८२, मंगलवार १५:१२

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन बजारमा रौनक देखिएको हो । बजार बढ्दा लगानीकर्ता समेत हौसिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ । आज३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्रै घटेकाअे छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, पन्चकन्या माईको ९.८९ प्रतिशत, रिलायन्स मिल्सको ९.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।













