मतदाता परिचयपत्र नभएका नागरिकहरुले यसरी गर्न सक्नेछन् मतदान

१९ फाल्गुन २०८२, मंगलवार १५:५१

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदानकेन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यही २१ फागुनमा हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही २० फागुनसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*