कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२० फाल्गुन २०८२, बुधबार ०७:३०

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूमा नै रहने भएकोले उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ।

तसर्थ उक्त शेयर खरीद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

तोकिएको समयसीमा भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा संस्थापकभन्दा बाहिर अर्थात सर्वसाधारणलाई शेयर बिक्रीको प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*