अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

२० फाल्गुन २०८२, बुधबार १४:३०

काठमाडौँ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासका कर्मचारी तथा उनीहरूको परिवारलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिएको छ। यसअनुसार लाहोर र कराचीस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीहरू पनि यसमा समावेश छन्। यसबारे विभागले विज्ञप्ति जारी गर्दै राजधानी इस्लामाबादस्थित दूतावासको सुरक्षा स्थितिमा हाल कुनै परिवर्तन नभएको जानकारी दिएको छ।

यसअघि अमेरिकी विदेश विभागले सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रसमा कार्यरत अमेरिकी सरकारी कर्मचारी र उनीहरूको परिवारलाई मिशन छोड्न निर्देशन दिइसकेको थियो। विभागले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने अमेरिकी नागरिकलाई आवश्यक सहयोग गर्ने कदम समेत चालिएको जनाएको छ।

पछिल्ला दिनहरूमा मध्यपूर्वबाट करिब नौ हजार अमेरिकी नागरिक सुरक्षित रूपमा फिर्ता भइसकेको छ भने इजरायलबाट मात्र ३०० भन्दा बढी नागरिक फर्केका छन्।

जेनेभामा अमेरिकी दूतले इरानसँग आणविक सम्झौता विषयक छलफल गरेको दुई दिनपछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*