देशैभर मतदान सुरु, सबैतिर शान्तिपूर्ण

२१ फाल्गुन २०८२, बिहीबार ०८:२६

काठमाडौं । आज विहान ७ः०० बजेदेखि देशैभरि मतदान सुरु भएको छ । जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधि सभाको आज निर्वाचन भइरहेको हो ।
देशैभरि आज विहान ७ः०० बजेको निर्धारित समयमा मतदान सुरु भएको छ । हालसम्मको विवरण अनुसार देशैभरि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

आज विहान ७ः०० बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ः०० बजेसम्म कायम रहनेछ । मतदान गर्न जाँदा आयोगले दिएको मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, लाईसेन्स, पासपोर्ट वा घरजग्गाको लालपुर्जा देखाएर पनि मतदान गर्न सकिने जनाएको छ । तर ति जुनसुकै प्रमाणपत्र सक्कली हुनुपर्नेछ ।

आजको निर्वाचनमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । हाल उल्लेखित सबै मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आजको निर्वाचन सफल पार्न नेपाली सेना ७९ हजार ७२७ जना, नेपाल प्रहरी ७५ हजार ७९७ जना, सशस्त्र प्रहरी ३४ हजार ५६७ जना परिचालित छन् । त्यस्तै, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन अर्थात म्यादी प्रहरी खटिएका छन् । त्यसैगरी, मतदान प्रक्रियामा कूल दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

आजको निर्वाचनमा कूल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाता रहेका छन् । उल्लेखित मतदाता मध्ये ७० प्रतिशत हाराहारी मत खस्ने पूर्वानुमान गरिएको छ ।
आजको निर्वाचनमा बिजयी भएको पार्टीले आगामी सरकारको नेतृत्व गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*