पास नभएका सवारी साधनलाई आवागमनमा रोक
२१ फाल्गुन २०८२, बिहीबार ०९:२४

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरुलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनालाई चल्न दिइएको छ ।












