उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

२१ फाल्गुन २०८२, बिहीबार ०९:४३

काठमाडौं । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालयलेजनाएको छ।

असावधानीपूर्वक सटगनबाट १ राउन्ड गोली पड्केको प्रहरीले जनाएको छ, मतपेटिकामा ४ मत खसेको थियो । मतपत्र भने सुरक्षित रहेको बताइएको छ । सो स्थानमा मतदान कार्य पुनः सुचारु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*