दोलखाको मालु मतदानस्थलमा तनाव बढेपछि हवाई फायर

२१ फाल्गुन २०८२, बिहीबार १०:२९

काठमाडौं । दोलखाको एक मतदान केन्द्रमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर गरेको छ।

मतदान प्रक्रियाका क्रममा सामान्य विवाद बढ्दै गएपछि स्थिति तनावग्रस्त बनेको थियो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले चेतावनीस्वरूप हवाई फायर गरेको प्रहरीले जनाएको छ।

दोलखाअन्तर्गत पर्ने मालु मतदानस्थलमा उक्त घटना भएको हो। हवाई फायरपछि स्थिति नियन्त्रणमा आएको र हाल सामान्य नाराबाजी भइरहेको जनाइएको छ।

घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने मतदान प्रक्रिया प्रभावित नभएको प्रशासनले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*