शान्तिपूर्ण रुपमा मतदान जारी (तस्विरहरु)

काठमाडौं । देभरी भव्य रुपमा मतदान जारी रहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा शान्त वातावरणमा चुनाव जारी रहेको हो ।
नागरिकहरुले यस पटकको निर्वाचनमा निकै फरक अनुभुति भएको धारणा व्यक्त गरिरहेका छन् । देशभरीका आम जनताहरुले उल्लेख्य रुपमा सहभागी भएर मतदान गरीरहेका छन् । काठमाडौंको डिल्लीबजार, अनामनगर र बबरमहल क्षेत्रका जनताहरुले हर्षोउल्लासका साथ मतदान गरिरेहका छन् ।
जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् ।
प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् ।
तस्विरहरुः





















