सर्लाही ४ मा कांग्रेस र रास्वपाबीच विवाद, ढुंगामुढा भएपछि एउटा केन्द्रमा मतदान स्थगित
२१ फाल्गुन २०८२, बिहीबार ११:२८

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ। कांग्रेस र रास्वपाबिका प्रतिनिधिहरूबीच मतदाता सूची र मतदान प्रक्रियालाई लिएर विवाद भएपछि स्थानीय श्री प्राथमिक विद्यालयमा मतदान स्थगित गरिएको हो।
स्थानीय निर्वाचनमा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले बलरा–४ क्षेत्र प्रतिनिधित्व गरिरहेका छन्। विवाद स्थलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली पुगेर विवाद मिलाउने प्रयास गरिरहेको छ।
विवाद र ढुंगामुढासँगै सुरक्षा सुनिश्चित नभएसम्म मतदान सुरु गर्न नसकिने अवस्था सिर्जना भएको छ।












