बालेन सवार हेलिकोप्टर निर्वाचन आयोगले फर्काएको खुलासा
२१ फाल्गुन २०८२, बिहीबार १२:००

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकप्टरमार्फत झापा जान खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएका छन्।
शाहले काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकप्टर चढेर झापा जान प्रयास गरेका थिए। तर विमानस्थल स्रोतका अनुसार हेलिकोप्टरलाई अवतरण गर्न अनुमति नपाएको कारण उडान रोकिएको हो।
‘निर्वाचन आयोगबाट अनुमति लिएको देखिएन, त्यसैले हेलिकोप्टरलाई फर्काइएको हो’ विमानस्थल स्रोतले जानकारी दिएका छन्।












