निर्वाचन बिथोल्न खोज्ने दुई जना चितवनबाट पक्राउ

२१ फाल्गुन २०८२, बिहीबार १४:२२

काठमाडौं । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल चितवन भरतपुर महानगर–७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर–१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*