काठमाडौँका सडक सुनसान, हेर्नुहोस् २१ तस्बिर

दिपक विष्ट
२१ फाल्गुन २०८२, बिहीबार १५:०४

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारीसाधन आवागमनमा आज अत्यधिक कडाइ गरिएको छ। अनुमतिपत्र (पास) नलिएका सवारीसाधनलाई सडकमा चल्न रोक लगाइएको कारण उपत्यकाका मुख्य सडकहरू प्रायः सुनसान देखिएका छन्।

उपत्यकाका विभिन्न चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच सञ्चालन गरेका छन्। सडकमा गुड्ने हरेक सवारीसाधनलाई रोक्दै सोधपुछ र पासको सूक्ष्म जाँच गरिएको छ। प्रहरीको सक्रिय निगरानीले गर्दा अन्य दिनहरूमा व्यस्त रहने ठूला सडकहरू आज शान्त र खाली देखिएका छन्।

सडकमा सवारीसाधन नियन्त्रण र अनुगमनका लागि ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रङका फोल्डिङ ब्यारिकेडहरू विभिन्न स्थानमा राखिएका छन्। यस्ता व्यवस्था बनाएर ट्राफिक प्रहरीले आवश्यक चेकपोइन्टहरू निर्माण गरेको छ।

अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दमकल र प्रेसका गाडीहरूलाई मात्र परिचयपत्र र प्रयोजन देखाएर अगाडि बढ्न अनुमति दिइएको छ। तर मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधनमाथि विशेष निगरानी राखिएको छ। अनुमतिविना सडकमा निस्किएका सवारीसाधनलाई विभिन्न स्थानमा नियन्त्रणमा पनि लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*