निर्वाचनका दिन पास बिना गुडेका ९०० सवारी प्रहरी नियन्त्रणमा

२१ फाल्गुन २०८२, बिहीबार १५:५५

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका करिब ९०० सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोग को अनुमति (पास) बिना सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले अनुमति (पास) बिना सञ्चालन भएका सवारीसाधन नियन्त्रणमा लिइएको बताए। उनका अनुसार अधिकांश सवारीसाधन उपत्यकाको ‘कोर’ क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा परेका हुन्।

प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*