देशभर ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग
२१ फाल्गुन २०८२, बिहीबार १८:३२

काठमाडौं । देशभरकरिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए।












