आजको आम निर्वाचनमा करिब ६० प्रतिशत मतदान, एक करोड भन्दा बढि भोट खस्यो

काठमाडैं । आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनमा देशैभरि करिब ६० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको विवरण भर्खरै पत्रकार सम्मेलन गरेर जनाएको हो । निर्वाचन आयोगले हालसम्म प्राप्त विवरण अनुसार एक करोड १० लाख हाराहारी मत खसेको छ । उक्त तथ्याङ्कमा अद्यावधिक हुँदा केही तलमाथि हुनसक्ने जनाएको छ ।
निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशैभरि शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको र आजै रातिदेखि मतगणना सुरु हुने जनाएका छन् ।
बिहीकार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।












