प्रहरीले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति भएको छ।
बिहान ७स्१३ बजे कटारी नगरपालिका(३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ुखु मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट एक राउन्ड गोली पड्किएको थियो।
उक्त गोली मतपेटिकामा लागेको थियो।
गोली चल्दा मतपेटिकामा ४ वटा मत खसिसकेको थियो। मतपेटिकामा क्षति भए पनि भोट हालिसकेको मतपत्र सुरक्षित रहेको बताइएको छ।उक्त मतपत्र क्षति नभएको अर्को मतपेटिकामा राखेर मतदान सुरू गरिएको छ।












