झापामा ६५% मत खस्यो, आज १२ बजेदेखि मतगणना

२१ फाल्गुन २०८२, बिहीबार २०:४०

झापा जिल्लामा कुल ६५ प्रतिशत मत खस्यो, आज १२ बजेदेखि मतगणना

काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा लग्ने क्रम जारी छ।

मतपेटिका संकलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिनेछ।

झापा जिल्लामा कुल ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन कार्यालयले गरेको छ। २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र रहेको झापाका ५ निर्वाचन क्षेत्रको मतगणना आज राति १२ बजेदेखि सुरु गरिने तयारी गरिएको स्रोतले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*