चितवन २ मा कांग्रेस एमालेबीच गोप्य सहमतिको सिकार बन्दै रवि, एमालेको भोट रुखमा

काठमाडौं । झापा क्षेत्र नं ५ मा शक्तिशाली उम्मेदवार बालेन शाहलाई चुनावमा हराउन कांग्रेस र एमालेका बीचमा गोप्य गठबन्धन गरिएको तथ्य बाहिर आएको छ । नेपालखवर डटकममा प्रकाशित समाचारमा चितवन २ र झापा ५ मा कांग्रेस र एमालेका बीचमा मत साटिएको दावी गरिएको छ ।
उक्त समाचारमा झापा ५ मा केपी ओलीलाई नेपाली कांग्रेसले सहयोग गर्ने र चितवन २ मा मीना खरेललाई एमालेले रुख चिन्हमा मतदान गरेर सहयोग गर्ने गोप्य सम्झौता भएको दावी गरिएको छ । चितवन क्षेत्र २ मा एमालेका उम्मेदवार अस्मिन घिमिरेले आफूले चितवन क्षेत्र नं २ मा मीना खरेललाई भोट मागेको स्वीकार गरेका छन् ।
विश्वस्त सूत्रले झापास्थित हाम्रा सहयोगीलाई झापा क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवारले भोट नपाउने दावी गरेका छन् । स्थानीय क्षेत्रबाट नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा धेरै भोट नआउने दावी गर्नु र चितवन २ का एमालेका उम्मेदवारले नै मीना खरेल जित्ने दावी गर्नुले कांग्रेस एमालेका बीचमा गोप्य साँठगाँठ भएको तथ्य खुलेको हो ।
दुई पार्टीका बीचमा गोप्य साँठगाँठ भएपनि झापा ५ मा कांग्रेसकै भोटले बालेनले चुनाव जित्ने दावी गरिएको छ । यता, चितवन २ मा रवि लामिछाने भने संकटमा परेको त होइन भन्ने प्रश्न चिन्ह उठेको छ । चितवन २ मा तेस्रो पटक चुनाव लडेका लामिछानेले पहिलेको तुलनामा दोस्रो पटक निकै कम मात्रै भोट पाएका थिए । अब यस पटक अझै कम पाउने विश्वास गरिएको छ । त्यसमाथि गोप्य षडयन्त्रको सिकार बनेर चुनावमा पराजित हुनसक्ने जोखिम समेत बढेको छ ।












