रास्वपाले ३४ क्षेत्रमा लियो अग्रता, एमाले ५ र कांग्रेस २ क्षेत्रमा अगाडी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएर देशका विभिन्न क्षेत्रहरूमा मध्यरातिदेखि मतगणना धमाधम भइरहेको छ। विहान ७ बजेसम्मको अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३४ क्षेत्रमा अग्रता हासिल गरेको हो।
यता नेकपा एमालेले ५ क्षेत्रमा, नेपाली कांग्रेसले २ क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीले १ ठाउँमा अग्रता लिएका छन् भने अन्य दलहरूले अहिलेसम्म कतै पनि अग्रता पाउन सकिरहेका छैनन्।
रास्वपाले कोशी प्रदेशको पाँच क्षेत्रहरू झापा–२, झापा–५, मोरङ–१, मोरङ–५ र उदयपुर–१ मा अग्रता लिएको हो। मधेश प्रदेशका चार क्षेत्रहरू महोत्तरी–१, रौतहट–४, बारा–१, बारा–३ मा पनि अग्रता कायम गरेको छ।
त्यसैगरी बागमती प्रदेशका चौध निर्वाचन क्षेत्रहरू काठमाडौंका १ देखि क्रमशः ५ नम्बर क्षेत्र र ७ देखि १० निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने गण्डकी प्रदेशका तीन क्षेत्रहरू कास्कीको १, २ र ३ निर्वाचन क्षेत्रमा अग्रता पाएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशका छ वटा निर्वाचन क्षेत्र रुपन्देही २, ३ र ५ तथा दाङ–१, बाँके–१ र ३ निर्वाचन क्षेत्र र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर २ र ३ नम्बर क्षेत्रमा अग्रता हासिल गरिरहेको छ।












