सिन्धुपाल्चोकको मतगणना ७ बजेपछि शुरू हुने
२२ फाल्गुन २०८२, शुक्रबार ०७:४१

काठमाडौं । सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त भएका मतको गणना आज बिहान ७ बजेदेखि शुरू गरिने तयारी भएको छ।
सिन्धुपाल्चोकमा करीब ५५.६९ प्रतिशत मत खसेको छ। आज बिहान ३ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलनका कार्य सम्पन्न भइसकेको छ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को मतगणना चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयमा र क्षेत्र नम्बर २ को मतगणना जिल्ला समन्वय समितिमा हुनेछ। बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना शुरू गरिने भएको हो।












