रौतहट–४ मा ४ हजार ३६९ मत गणनाः ऋषि धमलालाई ६ मत, रास्वपा अगाडि
२२ फाल्गुन २०८२, शुक्रबार ०९:०३

काठमाडौं । रौतहटको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा हालसम्म ४ हजार ३६९ मत गणना भएको छ भने बाँकी मत गणनाको काम जारी हुँदैछ।
चुनाव प्रचारप्रसारमा अनौठो अनौठो क्रियाकलाप गरेर चर्चा बटुलेका ऋषि धमलाले हालसम्म ६ मत मात्रै पाएका छन्। यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले १ हजार १०८ मत सहित अग्रस्थानमा रहेको छ भने ३०७ मत सहित तारा चुनाव चिन्ह दोस्रोमा र ३९ मत सहित एमाले तेस्रो स्थानमा रहेको छ।












