गुल्मीमा मतगणना गर्न सर्वदलीय सहमति, केही बेरमा मतगणना सुरु हुने
२२ फाल्गुन २०८२, शुक्रबार १०:३९

काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित, बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड र प्रतिनिधि व्यवस्थापनबारे सहमति गरेको हो।
निर्णयअनुसार प्रत्यक्षतर्फ प्रत्येक उम्मेदवारले बढीमा छ जना प्रतिनिधिका लागि पास पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका हकमा अधिकतम पाँच जनासम्म प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको छ।
समानुपातिकतर्फ प्रत्येक दललाई छ वटा पास दिइने भए पनि मतगणना स्थलभित्र एक पटकमा एक जना मात्रै प्रतिनिधि रहने व्यवस्था गरिएको छ।












