जुम्लामा मतगणना जारी : राप्रपाका ज्ञानेन्द्र शाही अग्रस्थानमा

२२ फाल्गुन २०८२, शुक्रबार १०:२५

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा देखिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म ३०० मतगणना सम्पन्न भएको छ । गणना गरिएको मतमध्ये राप्रपाका उम्मेदवार शाहीले १३५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।

उनीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले १०३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म गणना गरिएका ३०० मतमध्ये १० मत बदर भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*