जुम्लामा १२४५ मतगणना : ज्ञानेन्द्र शाहीको जबरजस्त अग्रता
२२ फाल्गुन २०८२, शुक्रबार १०:५९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन्। मतगणना अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही पछाडि रहेका छन्।
जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नं १ र २ मा १२४५ मत गणना गर्दा हिलो ५४१, तारा ४३५, रुख १५४, सूर्य ७२, घण्टी ९, मादल ३ र बदर ३१ मत परेको छ। यस क्रममा ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन्।












