चितवन–१ मा हरि ढकाल तेस्रो

२२ फाल्गुन २०८२, शुक्रबार ११:०९

काठमाडौँ ।  चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम गरेका छन्।

पछिल्लो मतगणना अनुसार लामाले ६६७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले ३३२ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल २६१ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका कृष्णराज पन्तले १९६ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको अनुसार यस निर्वाचन क्षेत्रमा कुल १८९६ मत गणना भएकोमा १७७० मत सदर र १२६ मत बदर भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*