म्याग्दी–१: नेकपाका अर्जुन थापाले अग्रता, महावीर पुन दोस्रो
२२ फाल्गुन २०८२, शुक्रबार ११:३५

काठमाडौँ । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ।
धवलागिरी गाउँपालिका–१ गुर्जाबाट प्राप्त प्रारम्भिक मतगणना अनुसार नेकपाका उम्मेदवार अर्जुन थापाले सुरुआती अग्रता लिएका छन्। ३२४ मत गणना हुँदा अर्जुन थापाले २०१ मत प्राप्त गरेका छन्।
उनको पछिपछि स्वतन्त्र उम्मेदवार महावीर पुन ६१ मतसहित छन्। नेपाली काँग्रेसका केबी भण्डारीले ३७ मत र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत प्राप्त गरेका छन्।












