डोटीबाट भागेर कैलाली-५ आएका आलेको हरिबिजोक, ७० मतसहित चौथो नम्बरमा

काठमाडौँ । डोटीबाट तीन पटक जित्दै कैलाली ५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका प्रेम वहादुर आलेको यो पटक मत परिणाम अत्यन्त कमजोर रहेको छ।
हालसम्म गणना भएको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ४९० मतसहित अग्रस्थानमा छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का यज्ञ राज ढुंगाना उपाध्याय २२९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका नर नारायण शाहले १२७ मत पाएका छन्।
आलेले ७० मात्रै मत ल्याउँदै चौथो नम्बरमा रहेका छन् ।
यस निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार छ: राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही १७, जनमत पार्टीका धन वहादुर चौधरी २, नेपाल मजदुर किसान पार्टीका तृषण पुनमगर ०, राष्ट्रिय जनमोर्चा र अन्य साना दलका उम्मेदवारहरू ०–९ मतका बीचमा रहेका छन्।
यस निर्वाचनमा गणना भएका मतदान केन्द्रहरूमा शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालय जे गाउँ, फुलवारी माध्यमिक विद्यालय फुलवारी (क), (ख) र (ग) समावेश छन्। हालसम्म कुल गणना भएका मत १००१ रहेको छ, जसमा ९६० सदर मत र ४१ बदर मत रहेका छन्।













