लमजुङमा पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै कांग्रेस उम्मेदवार अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार १३:५५

काठमाडौं । एकमात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिएका छन् ।

यस्तै, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११०, नेकपाका उम्मेदवार हरिजंग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गरेका छन् । दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो ।

जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो । एक सय ३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेका थिए । यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*