चितवन–३ मा सोबिता गौतमको अग्रता, रेनु दाहालभन्दा ४६२३ मतले अघि
२२ फाल्गुन २०८२, शुक्रबार १५:२८

काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले स्पष्ट अग्रता कायम गरेकी छन्। प्रारम्भिक मतपरिणामअनुसार उनी प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मतले अघि देखिएकी छन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत पाएकी छन्।
यसअनुसार गौतम र दाहालबीच मतान्तर ४ हजार ६२३ पुगेको छ।
त्यस्तै, नेकपा एमालेले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस ले १ हजार २२ मत पाएका छन्।












