सर्लाही–४ मा अमरेश सिंह अघिअघि, गगन थापा पछिपछि
२२ फाल्गुन २०८२, शुक्रबार १६:३१

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश सिंहले निरन्तर रुपमा पछि पारीरहेका छन् ।
सर्लाही–४ बाट चुनाव लडेका काँग्रेस सभापति थापाले आज दिउँसो ३ः३० बजेसम्म १७१४ भोट मात्र ल्याउन सफल भएका छन् । उनका प्रतिद्धन्दी रास्वपा उम्मेदवार सिंहले २८४७ वटा मत प्राप्त गरेका छन् ।
नेपाली जनताले सर्लाही–४ को निर्वाचनलाई निकै महत्वपूर्ण रुपमा हेरेका छन् । काग्रेसमा विद्रोह गरी तत्कालिन सभापति देउवालाई अपदस्त गरेका थापाले आफुलाई प्रधानमन्त्रीको रुपमा अघि बढाएका छन् ।












