निर्वाचन २०८२ को प्रारम्भिक नतिजा: रास्वपाको १०१ सिटमा अग्रता, कांग्रेसलाई पछ्याउँदै एमाले र नेकपा

२२ फाल्गुन २०८२, शुक्रबार १७:०५

काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा अगाडि देखाएको छ। सार्वजनिक भइरहेको पछिल्लो तथ्यांक अनुसार प्रत्यक्षतर्फ रास्वपाले १०१ सिटमा अग्रता लिएको छ भने १ सिट जित्दै कुल १०२ सिटमा उपस्थित देखिएको छ।

नेपाली कांग्रेस ११ सिटमा अग्रता र १ सिट जितसहित कुल १२ सिटमा देखिएको छ। त्यस्तै नेकपा (एमाले) ११ सिटमा अग्रता लिएर तेस्रो स्थानमा छ।

नेकपा ९ सिटमा अग्रता लिँदै प्रतिस्पर्धामा देखिएको छ। राप्रपा, श्रम संस्कृति पार्टी, स्वतन्त्र उम्मेदवार, जसपा नेपाल र प्रलोपा भने १/१ सिटमा अग्रता लिएर सीमित उपस्थितिमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*