प्रधानमन्त्री बनेपछि गर्ने कामको सूचि तयार पार्दै बालेन, पक्राउ पर्ने सूचिमा को को ?

२३ फाल्गुन २०८२, शनिबार १४:४९

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत नजिक पुग्ने देखिएको छ ।

मत गणना जारी रहँदा आगामी साताको शुक्रबारसम्ममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह प्रधानमन्त्रीमा नियुक्ती हुनेछन् । बालेन शाहले प्रधानमन्त्री बनेपछि तत्काल गर्ने कार्यसूचिहरु तयार पार्न थालिसकेका छन् ।
बालेन शाह प्रधानमन्त्री भए लगत्तै जेनजी अर्थात युवापुस्ताका शहिदहरुलाई न्याय दिने कार्य गर्नेछन् । उनले सबैभन्दा पहिला जेनजी आन्दोलनका दोषीहरुलाई पक्राउ गरेर कठघरामा उभ्याउनेछन् । बालेन शाहले सबैभन्दा पहिला जेनजी आन्दोलनमा निर्दोष युवाहरुको हत्या गर्न आदेश दिने तत्कालिन तत्कालिन काठमाडौंका एसएसपीहरु कमाण्डमा भएका डिएसपीहरु, तत्कालिन आईजीपी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओली सम्मलाई पक्राउ गर्नेछन् । छानविन समितिले पनि आईजीपीले गोली चलाउन आदेश दिएको भन्ने प्रतिवेदन तयार पारिसकेको छ ।

नेपाल प्रहरीको चेन अफ कमाण्डमा जिल्ला प्रहरी प्रहरीले गोली चलाउनुपूर्व प्रमुख जिल्ला अधिकारीबाट आदेश लिनुपर्ने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीले आदेश दिनुपूर्व गृहमन्त्रालयमा जाहेरी गरेर मात्रै गोली चलाउन आदेश दिन प्रचलन रहेको छ । त्यस्तै, गृहमन्त्रीले पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्दछ । गोली चलाउने बिषय सामान्य नभएकोले सामान्य प्रहरीको आदेशमा गोली चलाएको भनेर भन्न सकिने अवस्था छैन ।

जेनजी आन्दोलन गत भदौं २३ र २४ गतेको घटनाको सम्बन्धीमा गठित छानविन समितिले सम्भवतः भोलि सरकारलाई प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । छानविन समितिको प्रतिवेदन सरकारलाई पेश भएपछि कारवाही गर्ने बाटो खुल्नेछ ।

सोही कारण जेनजी आन्दोलनमा दोषी देखिएका तत्कालिन प्रधानमन्त्रीदेखि गृहमन्त्री र प्रहरीको ठूलै समुहमाथि बालेनले कानुनी कारवाही गर्ने विश्वास गरिएको छ । अर्कोतिर बालेन शाहले प्रधानमन्त्री बनेपछि भ्रष्टाचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेछन् । कर छलीका अभियुक्त व्यापारीदेखि घुस खाने मालपोत, यातायातदेखि सडक डिभिजनका कर्मचारीहरु समेत कडा कारवाहीमा पर्ने विश्वास गरिएको छ ।

ईन्जिनियरहरु, भन्सारका कर्मचारीहरु देखि घुस सेटिङ चल्ने सबैतिर बालेनको लौरो चल्ने हुँदा सुरुवातका केही महिना २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शाही आयोग बनाएर भागाभाग भए जस्तै हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*