जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाउने तयारी
२३ फाल्गुन २०८२, शनिबार १५:०१

काठमाडौं ।भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।
जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले भोलिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ ।












