गगन थापा र विनोद चौधरी रास्वपाका उम्मेदवारसँग पराजित

२४ फाल्गुन २०८२, आईतवार ०७:४२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र कांग्रेसका नेता विनोदकुमार चौधरी रास्वपाका उम्मेदवारसँग भारी मतान्तरले हार बेहोरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ मा रास्पवाका अमरेशकुमार सिंहसँग लड्न पुगेका गगन थापाले हार बेहोरेका हुन् भने नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोदकुमार चौधरीलाई रास्वपाका उम्मेदवारले हराएका हुन्।

सर्लाहीमा रास्पवाका सिंहले ३५ हजार ६८८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले २२ हजार ८३१ मत मात्रै प्राप्त गरेका छन्। काठमाडौं छोडेर तराई झरेका थापाले आफ्नो संसदीय यात्रामा पहिलोपटक हारको सामना गरेका हुन्।

त्यसैगरी नवलपरासीमा रास्वपाका उम्मेदवार विक्रम खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विनोकुमार चौधरीले जम्मा ९ हजार ५०२ मत मात्रै प्राप्त गरेका छन्। देशैभर रास्वपाको पक्षमा लहर आउँदा पुराना राजनीतिक दलका ठूला र प्रभावशाली कैयौं नेताहरूले सर्मनाक हार बेहोर्नुपर्ने अवस्था आइपरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*