क्यान अध्यक्ष चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

२४ फाल्गुन २०८२, आईतवार १०:४९

काठमाडौं । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् ।

नेपाली कांग्रेसकानेता एवम् नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित दोस्रो स्थानमा रहेका छन्। उनी संसदीय चुनावमा पहिलो पटक होमिएका हुन्।

नेकपा एमालेका उम्मेदवार तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १७ हजार ०९१ मतसहित तेस्रो स्थानमा छन् । ह्याट्रिक गर्ने उदेश्यसहति मैदानमा उत्रिएका भण्डारीले यसपटक नमिठो हार व्यहोरेका छन् ।

भण्डारी २०७९ मा ३३ हजार ६११ मतसहित निर्वाचित भएका थिए भने २०७९ मा ३३ हजार ६११ मतसहित विजयी भए थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*