रास्वपाका उम्मेदवार ५ मतको झिनो अन्तरले विजयी

२४ फाल्गुन २०८२, आईतवार ११:०३

काठमाडौं । ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) विश्वराज पोखरेल आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईंटेलसँग ५ मतको झिनो अन्तरले जीत हात पारेका हुन्।

रोचक प्रतिस्पर्धाका बीच अन्तिम मतगणनामा ५ मत बढी पाएपछि पोखरेलको संसदीय यात्रा सुनिश्चित भएको हो। निर्वाचन मत परिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत पाएका छन् भने लुईंटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*