सिंहदरवारमा कार्की आयोगको प्रतिवेदन

२४ फाल्गुन २०८२, आईतवार १२:१०

काठमाडौं । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ ।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोगका पदाधिकारी पुगेका छन् ।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेका हुन् । गत ५ असोजमा सरकारले २३ र २४ भदौमा भएको जेन–जी घटनाबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।

आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । आयोगले २३ भदौमा काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा युवाको ज्यान जाने गरी भएको घटनाबारे १५० जनाभन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरूसँग बयान लिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*