हर्क साम्पाङ विजय भएपछि बालेनको शुभकामना, ‘तपाईलाई सधैँ माया थियो, छ र रहन्छ’
२४ फाल्गुन २०८२, आईतवार १३:४०

काठमाडौँ । झापा–५ बाट हालै विजय हासिल गरेका काठमाडौं महानगरपालिका–१ का मेयर बालेन शाहले सुनसरी–१ बाट विजय भएको हर्क साम्पाङलाई सामाजिक सञ्जालमार्फत माया र शुभकामना दिएका छन्।
हर्क साम्पाङले फेसबुकमा सुनसरी–१ बाट आफू पहिलो भएको घोषणा गर्दै लेखेका थिए, ‘लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति।’
यसै स्टाटसमा बालेन शाहले प्रतिक्रिया जनाउँदै कमेन्टमा लेखेका छन्, ‘तपाईलाई सधैँ माया थियो, छ र रहन्छ। तपाई र धरानलाई सधैँ माया छ।’












