काठमाडौंको वायु प्रदूषण बढ्दै, एक्यूआई १८६ पुगेपछि स्वास्थ्य जोखिम उच्च स्तरमा

२४ फाल्गुन २०८२, आईतवार १५:०८

काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषणको स्तर पनि उच्च देखिएको हो । लामो समय वर्षा नहुँदा र हावा नचल्दा वायुमा धुलो र धुवाँ जम्दा प्रदूषण बढेको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आइतबार दिउँसोसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वका चौथो प्रदूषित सहरको सूचिमा परेको छ ।

प्रदूषण नियन्त्रणका लागि घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धूवाँ परीक्षण, र मापदण्डको कडाइ आवश्यक छ ।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’, र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । विशेषगरी १०१–१५० को श्रेणी श्वासप्रश्वास तथा मुटु रोगीका लागि जोखिमपूर्ण हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*