समानुपातिकतर्फ ४४ लाख मत गणना: रास्वपाको २१ लाख मतसहित ४९.३४% अग्रता, कांग्रेस र एमाले पछि

२४ फाल्गुन २०८२, आईतवार १६:३९

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख १ हजार ९३३ मत गणना सम्पन्न भएको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै अग्रता कायम राखेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ, जुन गणना भएको कुल मतको ४९.३४ प्रतिशत हो। मतगणनाको सुरुआती चरणदेखि नै रास्वपाले स्पष्ट अग्रता बनाउँदै आएको देखिएको छ।

त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले अहिलेसम्म ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको १६.८८ प्रतिशत हो।

नेकपा एमाले तेस्रो स्थानमा रहेको छ। एमालेले ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ, जुन १४.३६ प्रतिशत हो।

यस्तै नेपाली कम्युनिस्ट पार्टीले २ लाख ९४ हजार ९०० मत प्राप्त गर्दै ६.७० प्रतिशत मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ, जुन कुल मतको ३.६१ प्रतिशत हो।

यसैगरी श्रम संस्कृति पार्टीले एक लाख २ हजार ६६० मत प्राप्त गरेको छ। यो संख्या कुल मतको २.३३ प्रतिशत हुन आउँछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*