समानुपातिक तर्फको ७५% मतगणना सम्पन्न, रास्वपाले ३८ लाख ल्याउँदा अन्य दलको कति?

२५ फाल्गुन २०८२, सोमबार ०७:४१

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकमा खसेको कुल मतमध्ये हालसम्म ७८ लाख ७३ हजार १६८ मतगणना सम्पन्न भएको जानकारी दिएको छ।

जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३८ लाख ४ हजार ७६० मत (४८.३२ प्रतिशत) प्राप्त गरी अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रेस १२ लाख ८२ हजार ५१९ मत (१६.२८ प्रतिशत) का साथ दोस्रो स्थानमा रहेको छ।

नेकपा एमालेले पनि १० लाख ८५ हजार १५६ मत (१३.७८ प्रतिशत) ल्याएर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टी ५ लाख ६० हजार ९३१ मत (७.१२ प्रतिशत) सहित चौथौ स्थानमा रहेको छ। राप्रपाले पनि हालसम्म २ लाख ६६ हजार ११८ मत (३.३८ प्रतिशत) प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले २ लाख ६१ हजार ८५३ मत (३.३२ प्रतिशत) पाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*